BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Friday, April 17, 2015

उखु किसानद्वारा प्रदर्शन

उखु किसानद्वारा प्रदर्शन

KantipurKantipurKantipur
विराटनगर, चैत्र २९ - 
चिनी मिलले आफूहरूलाई उखुको मूल्य नदिएको भन्दै सुनसरी र मोरङका किसानहरूले आइतबार यहाँ प्रदर्शन गरेका छन् । इस्टर्न सुगर मिलले चार महिना बित्दासमेत उखुको भुक्तानी नगरेको भन्दै दुई जिल्लाका किसानले प्रदर्शन गरेका हुन् । हाट खोलामा भेला भएका सयौं किसान हातमा उखुका बोट बोकेर प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । 

'चिनी मिलाई १२ सय क्विन्टल उखु दिएको चार महिना भयो, एक पैसा पाएको छैन,' किसान जयनाथ मण्डलले भने, 'खेती लगाउँदा र उठाउँदा श्रीमतीका गहनासमेत धरौटी राख्नुपर्‍यो, त्यतिले नभएर जग्गा धितो राखेर सयकडा पाँचका दरले ब्याजमा पैसा लिनुपरेको छ ।' यस्तै हो भने उखुवाट फाइदा हैन उल्टै घाटा हुने उनले बताए । जुलुसमा सहभागी भएका गणेश रायले भने, 'आज उखु खेती गर्नु भनेको अपराध गर्नुजस्तै भयो ।'

संर्घष समिति बनाएर आन्दोलनमा उत्रिएका सुनसरी मोरङका उखु किसानले ९ सूत्रीय माग अघि सारेका छन् । उनीहरूले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३५ रुपैयाँ निर्धारण गरिनुपर्ने, आगामी वर्षदेखि असोज महिनाभित्रै मूल्य निर्धारण गरिनुपर्ने, उखु नापी भएको १५ दिनभित्र भुक्तानी दिनुपर्ने, उखु कटान अगाडि पेस्की दिनुपर्ने, उखुवालीको बैंक ग्यारेन्टी र बिमाको व्यवस्था गरिनुपर्ने लगायत माग अघि सारेका छन् । 

सुनसरी-मोरङका उखु किसानले चिनी मिलले आफूहरूलाई भुत्तानी सधैं ढिलो गरिदिने गरेको आरोप लगाउँदै आएका छन् । यी दुई जिल्लामा करिब ८ हजार किसानले उखुको व्यावसायिक खेती गर्दै आएका छन् । पछिल्लो समय राम्रो नाफा हुने र नगदे बाली भएकाले धेरै किसान यसतर्फ आकषिर्त भएका थिए ।  मिलले भुक्तानीमा धेरै ढिलाइ गर्न थालेपछि किसानहरू निरास बन्न थालेका छन् ।

No comments:

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...