BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Friday, April 17, 2015

डा. सी. के. राउतलाई उपचार गर्ने चिकित्सक मोरंग प्रहरी हिरासतमै अनसनमा, एक अनशनकारी अस्पतालमा भर्ना

चिकित्सक मोरंग प्रहरी हिरासतमै अनसनमा, एक अनशनकारी अस्पतालमा भर्ना

विराटनगर, चैत्र ३०, २०७१ । मधेशीहरूमाथि दमन भएको विरोधमा विराटनगरमा शान्तिपूर्ण रुपमा रैली निकाल्न लागेको बेला मोरंग प्रहरीले चैत २२ गते गैर-कानुनी रुपमा हिरासतमा लिएका डा. सी. के. राउतका समर्थकहरू प्रहरी हिरासत मैं हिजोदेखि अनसन शूरु गरेका छन्। अनसुन शुरु गर्नेमा डा. संजय साह, डा. परमेश्वर मुर्मु, अन्जय मिश्रा, छोटेलाल सोरेन र सरोज शर्मा रहेका छन्। उनीहरूलाई मोरंग प्रहरीले गिरफ्तार गरी मोरंग जिल्ला प्रशासन अधिकारी गणेशराज कार्कीले झुठो सार्वजनिक मुद्दा समेत दायर गरेको छ। झापामा प्रहरी आक्रमणबाट टाउको र पाखुरामा चोट लागेर घाइले बनाइएका डा. सी. के. राउतलाई डा. परमेश्वर मुर्मु र नोबल अस्पतालका चिकित्सक डा. संजय साह लगायतकाले ल्याएर उपचार गरेको कारणले तिनीहरूलाई फसाइएको छ। (तस्वीरमा: डा. सी. के. राउतको उपचार गर्ने क्रममा डा. संजय साह, MD बायाँ र डा. परमेश्वर मुर्मु, दायाँ) स्मरण रहोस् गणेशराज कार्की त्यही  जिल्ला प्रशासन अधिकारी हुन् जसले डा. राउतमाथि मुद्दा चलाएका थिए। भर्खर प्राप्त सूचना अनुसार अनसनकारी डा. मुर्मुको स्वास्थ्यमा समस्या देखिए पछि मोरंग प्रहरीले उहाँलाई अस्पतालमा भर्ना गरेको छ। अनशनकारीहरूलाई परिवारका मान्छेहरू र मानवअधिकारकर्मीहरू सित पनि भेटघाट गर्न दिइएको छैन।

चैत्र २१ गते राजगढ़, झापामा डा. सी. के. राउत संगै समर्थक माथि नेपाल प्रहरीको दमनको बिरोधमा चैत्र २२ गते आइतवार भट्टीमोड, सरौचियामा शान्तिपूर्ण रुपमा रैली निकाल्ने क्रममा लाउड स्पिकर सहित ७ जनालाई मोरंग प्रहरीले पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट डा. संजय साह, डा. परमेश्वर मुरमु, अन्जय मिश्रा, छोटेलाल सोरेन र सरोज शर्मा गरी ५ जनामाथि सार्वजनिक अपराधको मुद्दामा म्यादथप गरि अनुसन्धान गरेको थियो। सोहि कसुरमा बदनियतपूर्ण रूपले यातना दिन जिल्ला प्रशासन कार्यालय मोरंगले  १० दिनको म्याद थप गरेको कार्य प्रति बिरोध गर्दे पाँचै जना अनसनमा बसैका छन्।

स्थानीय प्रशासक नागरिकको समस्या वार्ताबाट समाधान नगरी दमन गर्न तिर लागेकोमा स्वतन्त्र मधेश गठबन्धन घोर भर्त्सना गर्नुका साथै यस बारेमा देश-विदेशका पत्रकार, कुटनितिज्ञ, राजनैतिक पार्टी, वुद्धिजीवि, मानवअधिकारकर्मी लगायत सबैलाई जानकारी गराउन चाहन्छ। यस किसिमका दमनकारी क्रियाकलापले हाम्रो वाक्‌-स्वतन्त्रता, आवत-जावत गर्ने स्वतन्त्रता र भेला हुने स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै नेपाल सरकारद्वारा मानवाधिकारको हनन भइराखेको कुरा पनि जानकारी गराउन चाहन्छौं। सम्बन्धित व्यक्ति तथा संस्थाहरूले आ-आफ्नो ठाउँबाट नेपाल सरकारका यस्ता क्रियाकलापलाई निरूत्साहित गर्न तथा मानवअधिकारको रक्षा गर्न पहल गरिदिनुहुन पनि हामी हार्दिक अनुरोध गर्दछौं। राज्यले नेपालको अन्तरिम संबिधान २०६३ को धारा १२ बमोजिम वाक तथा शान्तिपूर्ण सभा सम्मेलनगर्ने स्वतन्त्रताको उल्लङ्घन गरेको छ, भने धारा २४ बमोजिम न्याय सम्बन्धि हकको समेत उल्लङ्घन गरेको छ। यसरी शान्तिपूर्ण आन्दोलनको क्रममा पक्राउ परेकोले उनीहरुलाई तत्काल रिहा गर्न सरकारलाई अनुरोध गर्दछौ।

सम्पर्क
कैलाश महतो, उप-संयोजक
स्वतन्त्र मधेश गठबन्धन
फोन: +‌977-9847038322
इमेल: save.madhesh@gmail.com

###








No comments:

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...