BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Saturday, July 4, 2015

गठबन्धनको राष्ट्रिय परिषद्को चौथो बैठक सम्पन्न

गठबन्धनको राष्ट्रिय परिषद्को चौथो बैठक सम्पन्न

प्रेस-विज्ञप्ति

गठबन्धनको राष्ट्रिय परिषद्को चौथो बैठक सम्पन्न

 

२०७२ असार १९परासी। स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को चौथो बैठक यही असार १८ र १९ गते गते नवलपरासीको पाल्हीमा सम्पन्न भएको छ। सो बैठकमा मधेशका १७ जिल्लाका संयोजक तथा परिषद्का सदस्यहरूको सहभागिता थियो भने राजविराज स्थित निवास वरिपरि नै नेपाल प्रहरी तथा जनपद प्रहरीले घेरा हालेपछि गठबन्धनका केन्द्रीय संयोजक डा. सी. के. राउत आउन सकेका थिएनन्। डा. राउतले लिखित रूपमा र विडियो मार्फत् आफ्नो कुरा प्रस्तुत गरेका थिए।

 

सो बैठकमा संगठनको विस्तारवर्तमान राजनैतिक प्रक्रिया र आगामी रणनीतिको विषयमा छलफल भएको थियो। बैठकका सहभागीहरूले वर्तमान राजनैतिक दिशाको समीक्षा गर्दै अब पनि आजादी आन्दोलनमा नलागेर मधेशी जनतालाई कुनै नेता वा अगुवाले भ्रममा राख्न खोजे त्यसको कडा प्रतिकार गर्नु पर्ने र भंडाफोर अभियान नै चलाउनु पर्ने,  तथा मधेशको विरोधमा कार्य गर्ने जुनसुकै पार्टी वा संगठनका नेताहरूलाई मधेशमा बहिष्कार गर्न सुझाव दिएका थिए। केही सहभागीले त मधेशलाई बारम्बार भजाएर खाने र मधेशी जनतालाई दिग्भ्रमित गर्ने गद्दारहरूलाई मधेश छिर्न नै पूरै प्रतिबन्ध लगाउनुपर्ने भनेर आक्रोश समेत पोखे।

 

गठबन्धनको आगामी कार्ययोजना प्रस्तुत गर्दै बैठक शनिवार ३:०० बजे तिर समाप्त भएको थियो।

 

###

 

सम्पर्क

कैलाश महतोसहसंयोजक

स्वतन्त्र मधेश गठबन्धन

फोन: +‌977-9847038322

इमेल: save.madhesh@gmail.com


END


--

CK Raut, PhD (Cambridge)

http://ckraut.com 





No comments:

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...