BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Sunday, May 17, 2015

ठूलो पहिरोमुनिको बस्तीजस्तै बन्यो अपार्टमेन्टमुनिका घर, राजधानीमै भयको राज

ठूलो पहिरोमुनिको बस्तीजस्तै बन्यो अपार्टमेन्टमुनिका घर, राजधानीमै भयको राज

 पहिलोपोस्ट - | 17th May 2015 | ३ जेठ २०७२ | Read count :4087


mainphoto

- See more at: http://www.pahilopost.com/content/-4206.html#sthash.ACamtUyo.dpuf


  • ऋषिकेश दाहाल/ अंगद ढकाल -
काठमाडौं : यतिखेर दोलखा भूकम्पको कम्पनले पटक पटक कम्पिरहेको छ। जमीन हल्लिँदा यहाँका पहाडबाट लगातार खसिरहेको छ ढुंगा र पहिरो। कति बस्ती नै यस्तै पहिरोभित्र गुमनाम भए कति कुनै पनि समय बेपत्ता हुने स्थितिमा छन्।

भूकम्पका झड्का आइरहँदा जमीनमा डरलाग्दो आवाज आइरहेको थियो। आवाजसँगै माथितिरबाट बुरबुर्ती धुलो झरिरहेको थियो। ढुंगा पनि झरिरहेका थिए। ढुंगाको चोटबाट बच्न नसके जीवन जोगिने स्थिति छैन। भूकम्पको कम्पनमा ज्यान जोगाउनु कि माथिबाट घरतिर झरिरहेका धुलो र कंक्रिटबाट ? कुनै पनि समय झर्नसक्ने पहिरोको त्रास पहिरोमुनि जीवन गुजार्नेका लागि जस्तो हुन्छ, ७१ वर्षीया मैया कुँबरका लागि त्यस्तै भयो।

काठमाडौंको बसुन्धरास्थित सुरक्षित उनको घर पहिरोको फेदमा उभिएको घरभन्दा फरक छैन। 'माथिबाट आएको देख्दा त अब बाँचिन्न भन्ने लाग्यो,' उनले भयको त्यो क्षण सम्झिँदै सुनाइन्। राजधानीमा रहेको उनको घर बलियो छ। भूकम्पको पटक पटकका झड्काले घरमा केही भएको छैन तर पनि उनी असुरक्षित छिन्। उनले माथिबाट उछिट्टिएर आएका टुक्राहरु देखाइरहेकी थिइन्।



भूकम्प लगत्तै उपत्यकापछि छिमेकी जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रे, रसुवा अनि नुवाकोटको स्थलगगत रिपोर्टिङ गर्न जाँदा मानिसका धेरैखाले पीडा सुनियो। प्रकृतिको क्रुर चरित्र र मानिसका कमजोर संरचनाले ज्यानहरु गुमेका थिए। हरेक पात्रसँग भूकम्पसँग जोडिएका आफ्नै कथाहरु थिए। 

पहिरोले रोकेको कोदारीको तातोपानीभन्दा १० किलोमिटर दूरी वरै रोकिँदा र रसुवाको धुन्चेबाट रसुवागढीतिर जान नसक्दा हामी दुई पत्रकारले पहिरोका धेरैखाले रुप देख्‍यौं। दुवैतिर पहिरोले ज्यान लिएका थिए। भूकम्पमात्र होइन पहिरोको पीडा चर्को देखिन्थ्यो। ती पहिरोमा मानिसहरु अझै झिकिएका थिएनन्। पहिरोसँगै माथितिरबाट झर्ने ढुंगाले कतिखेर के गर्ने हो धरापमा बाँचेको जीवन देखेका हामीलाई धरहरा ढलेको राजधानी तुलनात्मकरुपमा बरु सुरक्षित लागेको थियो।

तर, कुँबरको जोखिमपूर्ण जीवन देखेपछि लाग्यो – पहिरोको पिरलो पहाडको फेद र खोलाको किनारामा बसेका रसुवा र सिन्धुपाल्चोकका गाउँमा मात्र छैन, राजधानीका अग्ला अपार्टमेन्टको फेदमा पनि उत्तिकै छ।

….

शनिबार दिउँसो चर्किएर कुरुप बनेको बसुन्धराको पार्क भ्यु होराइजनको १७ तल्लाका भवनहरुको फेदमा दुई तल्ले घरभन्दा केही पर छोरा रमेशसँगै उनी भेटिइन्। 'कुनै पनि बेला झर्न सक्छ भनेर घरमा बस्न सकेका छैनौं,' रमेशले सुनाए।

१७ तल्ले विशाल भवनहरुको फेदमा ६ मिटर दुरी पनि छैन उनीहरुको घरको। यी भीमकाय घर जन्मनुभन्दा अघि नै बनेका ३९ यस्तै घरहरु अहिले पहिरोको फेदमा बसेको गाउँभन्दा फरक छैन। सुनसान छ यो ठाउँ। धेरैजसो घरमा ताल्चा लागेका छन्। 'भूत आएर अगाडि बढेको जस्तो भएको छ,' रमेशले सुनाए। 



केही अघि बीबीसीका पत्रकार रवीन्द्र मिश्र पहिलोपोस्ट आउँदा उनले ठूला घरमुनिका मानिसका पीडाबारे सुनाएका थिए। 'मानिसले घामसमेत नपाउने गरी अग्ला घर बनेका छन्। तपाईँहरुले रिपोर्टिङ गर्नुपर्ने विषय पनि हो यो,' उनले यसै भनेका थिए।

उनले भने झै रिपोर्टिङको विषय हुँदाहुँदै पनि गर्न भ्याइएको थिएन। उनले त घाम ताप्न नपाउने कुरा गरेका थिए, अहिले बाँच्न नपाउने स्थिति बन्दै गएको देख्यौं हामीले। यस्ता भीमकाय भवनको सय मिटरको दुरी जोखिममा हुने गर्छ। तर, यहाँ भवन बनाउन स्वीकृति दिनेहरुले आँखा हेरेर दिए कि अरु केही 'तत्व'ले प्रभाव पार्‍यो भन्न सकिन्न।



बसुन्धराको मानव निर्मित पहाड र त्यसको फेदीमा बसेका मानिसहरुमात्र होइनन् अग्ला चर्किएका घरको फेदीमा सुरक्षित घर बनाएर बसेकाहरु सबैजसो मानिस असुरक्षित छन्। धेरैजसो घर छाडेरै हिँडेका छन्। घर बनाउँदै गरेका मानिसहरु पनि भूकम्पको भयले त्रसित छन्।

सनसिटी अपार्टमेन्टमा हामीले यस्तै एक कुरुवा भेट्यौ जसलाई थाहा छैन बन्दै गरेको घरका मालिक कता गए। सनसिटी अपार्टमेन्टको नजिकतिरका घरमा पनि मानिस छैनन्। मानिसहरुको चहलपहल हुने यो अपार्टमेन्टमा उपत्यकाका अग्ला अन्य अपार्टमेन्टजस्तै मानवरहित छन्। यिनको अस्तित्व छ तर मानिस नहुँदा यी अग्ला भवनमा प्राण छैन।

पदम राई अहिले यहाँ बन्दै गरेको घरमा छन्। घर पनि के भन्नु इँटाको चाङ लगाएर बनाएको कटेरो छ त्यहीं पति पत्नी बस्छन्। 'बसौं कसरी बसौं नबसौ छाड्न पनि सकिएको छैन,' राईले गुनासो गर्दै सुनाए, 'भुईँचालो जाँदा लचक लचक गरेर हल्लिए सबै। त्यसपछि मानिसहरु यहाँबाट छाडेर भागे।'

उनले वैशाख १२ को भूकम्पको प्रसंग सुनाइरहेका थिए। त्यसको केही दिनपछि यही अपार्टमेन्टमा केही फ्ल्याटमा मानिसहरु देखिए। दोस्रो ठूलो भूकम्पपछि ती पनि भागे। 'बाँचिएला कि नबाँचिएला भन्ने अवस्थामा यहाँ बस्नु परेको छ,' उनले सुनाए, 'बन्दै गरेको यो घरलाई साहुले नै माया मार्ला जस्तो छ।'

 

- See more at: http://www.pahilopost.com/content/-4206.html#sthash.ACamtUyo.dpuf

No comments:

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...