BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Sunday, May 17, 2015

भुईँचालोभन्दा बाघको डर

भुईँचालोभन्दा बाघको डर

 पहिलोपोस्ट - | 16th May 2015 | २ जेठ २०७२ | Read count :8891

- See more at: http://www.pahilopost.com/content/-4191.html#sthash.cDnUnRbi.dpuf

  • अच्युत रेग्मी -

जीतपुरफेदी : काठमाडौँ उपत्यकाको तारकेश्वर नगरपालिका–८ जीतपुरफेदीका बासिन्दालाई भूकम्पसँगै बाघले तर्साउने गरेको छ।
 
वैशाख १२ गतेको विनाशकारी भूकम्पको पीडा सर्वसाधारणमा एकातिर छँदैछ त्यससँगै बाघले रातमा सुतेको ठाउँ वरपर आएर तर्साउने गरेको स्थानीय रामशरण गजुरेल बताउँछन्।
 
उनी भन्छन्, "भूकम्पले सम्पूर्ण घरगोठ लग्यो बारीमा पाल टाँगेर बसेका छौँ, त्यहाँ पनि शिवपुरी राष्ट्रिय निकुञ्ज र नागार्जुन जङ्गलबाट बाघ आएर त्रास देखाउने गरेको छ।"
 
यस्तै तारकेश्वर नगरपालिका–६ का ८० वर्षीय वृद्ध होमनाथ अर्यालको पीडा पनि उस्तै छ। उनको भूकम्पले घरगोठ लगेपछि गोठमा बाँधेको पाँचवटा बाख्रा, दुईवटा लैनो गाई र दुई बाच्छाबाच्छीको बिचल्ली भएको छ।
 
सम्पत्तिको नाममा भएको घर भत्केको र हातमुख जोर्न पालिएका पशु चौपायाको समेत असुरक्षित असुरक्षित भएकामा उनी चिन्तित छन्। रातमा आएको बाघले खाइदिने हो कि भन्ने चिन्ताले रातभर जाग्राम बसेको बताउँछन् उनी।
 
सोही ठाउँकै ८२ वर्षीया उमापति अर्यालको व्यथा पनि उस्तै छ। उनले पालेका दुईवटा लैना गाईको बिजोग भएपछि आफूलाई बास बस्न दिएको पाल गाईलाई ओढाएर आफू अर्कोको छाप्रोमा बस्दै आएको बताउँछन्।
     
मको व्यथा भएका अर्यालले भूकम्पपीडित बूढापाकाका लागि राज्यले कम्बल र कपडा दिन लागेको छ भन्ने खबर के साँचो हो भन्दै राहत दिन गएका टोलीसँग प्रश्न गरे।
 
यस्तो गाउँलेको पीडामा मलम लगाउन सो क्षेत्रका भूकम्प प्रभावित जनतालाई ब्रह्मकुमारी राजयोग केन्द्रले राहत वितरण गरेको थियो। केन्द्रको सक्रियतामा आज काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकाका ८ र ९ वडाका भूकम्प प्रभावित जनतालाई त्रिपाल, कम्बल, बिस्कुटलगायतका सामग्री वितरण गरेको हो।
 
प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, ग्लोबल अस्पताल र मेडिकल विगं माउण्ट आबु भारतको सक्रियतामा सङ्कलन गरिएको कम्बल, खाद्यान्न र त्रिपाल ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको पहलमा वितरण गरिएको केन्द्रका उपाध्यक्ष ब्रह्मकुमार रामसिंह ऐरले बताए।
 
हालसम्म राजयोग केन्द्रले काठमाडौँको साँखु, जीतपुरफेदी, धादिङको जीवनपुर, सिन्धुपाल्चोकको नवलपुर, बराम्ची, पदमवास र स्थानीय सेवा केन्द्रको सहयोगमा दोलखा र रामेछापमा चार हजार कम्बल, दुई हजार त्रिपाल, १० टन खाद्यान्न वितरण गरिएको केन्द्रका ब्रह्मकुमार हरि शर्मा पौडेलले जानकारी दिए।
 
मानव सेवा नै ठूलो धर्म भएको भन्दै ब्रह्मकुमारी राजयोग केन्द्रले देशको विपत्तिमा अझै सहयोग गर्न तयार रहेको पौडेलले बताए।
 
तारकेश्वर नगरपालिकामा भूकम्पले १० जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी मानिस घाइते भएका थिए। रासस - See more at: http://www.pahilopost.com/content/-4191.html#sthash.cDnUnRbi.dpuf

No comments:

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...