BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Tuesday, May 12, 2015

अपडेट : पराकम्पका कारण ४५ जनाको मृत्यु / हजार भन्दा बढी घाईते

अपडेट : पराकम्पका कारण ४५ जनाको मृत्यु / हजार भन्दा बढी घाईते 

बैशाख २९, काठमाडौं ।

सिन्धुपाल्चोक र दोलखाको सिमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज ६ दशमलव ८ म्याग्निच्यूडको पराकम्प गएको छ । दिउसो १२ बजेर ५० मिनेटमा सो पराकम्प गएको हो । आजको पराकम्पले मुलुकका विभिन्न स्थानमा थप जनधनको क्षती भएको छ । आजको भूकम्पकबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । सबैभन्दा बढी दोलखामा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीमध्ये चरिकोटबाट २ वटा शव निकालिएको छ ।

यस्तै, काठमाडौंमा ४, सिन्धुपाल्चोकमा ९, सर्लाहीमा १ र धनुषामा २ जनाको मृत्यू भएको छ । यस्तै,गोरखा सिन्धुली र रामेछापमा २/२ जनाको मृत्यू भएको छ । यस्तै, ललितपुर, र सुनसरीमा १/१ जनाको मृत्यू भएको छ । गोरखावाट हाम्रा संवाददाता सुदिप कैनीका अनुसार ताकुकोट–५ की ६५ बर्षिय धनमाया खनखवासको घरको धन्सार भत्किदा मृत्यू भएको हो । घाईते ५ जनाको गोरखा अस्पतालमा उपचार भईरहेको छ ।

सुन्दरीजलकी साबित्री श्रेष्ठको उपचारका क्रममा मृत्यू भएको हो । टेकुमा एक बालक सुनिल जैसवालको र नर्भिकमा उपचार हुदाहुदै एक व्यक्तिको मृत्यू भएको हो । आजको भूकम्पवाट झण्डै हजार भन्दा बढी घाईते भएका छन् ।

काठमाडौंमा घाईते भएका ७ सय भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । उपत्यका बाहिर सयौंको संख्यामा घाईते भएका छन् ।

- See more at: http://radiokantipur.org/kantipur-diary/15177/%E0%A4%85%E0%A4%AA%E0%A4%A1%E0%A5%87%E0%A4%9F-:-%E0%A4%AA%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%95%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%A3-%E0%A5%AA%E0%A5%AB-%E0%A4%9C%E0%A4%A8%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A5%83%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A5%81-/-%E0%A4%B9%E0%A4%9C%E0%A4%BE%E0%A4%B0-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BE-%E0%A4%AC%E0%A4%A2%E0%A5%80-%E0%A4%98%E0%A4%BE%E0%A4%88%E0%A4%A4%E0%A5%87/#sthash.3rPIuDSp.dpuf



मंगलबार ५ म्याग्निच्युडमाथिका ७ पराकम्प

बैशाख २९, काठमाडौं ।

आज ५ म्याग्निच्यूडमाथिका ७ वटा पराकम्प महशुश गरिएको छ । अपरान्ह १२ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८ म्याग्निच्यूडको पराकम्पले विभिन्न स्थानमा थप क्षती पुगेको छ ।

सिन्धुपाल्चोक र दोलखाको सिमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर सो पराकम्प गएको हो । त्यसको १२ मिनेटपछि पुन: दोलखा केन्द्र विन्दु बनाएर अर्को पराकम्प गएको थियो ।

१ बजेर २१ मिनेटमा दोलखा नै केन्द्र विन्दु पारेर ६ दशमलव २ म्याग्निच्युडको पराकम्प गएको थियो । त्यसपछि १ बजेर ५१ मिनेट, १ बजेर ५८ मिनेट, २ बजेर ६ मिनेट र २ बजेर ४४ मिनेटमा समान ५ दशमलव ३ म्याग्निच्युडको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

- See more at: http://radiokantipur.org/kantipur-diary/15178/%E0%A4%AE%E0%A4%82%E0%A4%97%E0%A4%B2%E0%A4%AC%E0%A4%BE%E0%A4%B0-%E0%A5%AB-%E0%A4%AE%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E0%A4%A8%E0%A4%BF%E0%A4%9A%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A1%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BF%E0%A4%95%E0%A4%BE-%E0%A5%AD-%E0%A4%AA%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA/#sthash.N9k5htNU.dpuf


​प्रधानमन्त्री कोइराला दिल्ली जादै

देवेन्द्र भट्टराई
बैशाख २९, नयाँ दिल्ली ।

दक्षिण एशियाली विश्व विद्यालयको जेठ अन्तिम सातामा हुन लागेको प्रथम दिक्षान्त समारोहमा प्रमुख अतिथी भएर दिल्ली जान लागेका प्रधानमन्त्री सुशील कोइरालाको भ्रमणलाई 'औपचारिक' बनाउन कुटनीतिक पहल सुरु भएको छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हिजो अपरान्ह राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोवलसंग भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाको दिल्ली भ्रमणको तयारीबारे जानकारी गराउनुभएको हो ।

राजदुत उपाध्यायले भन्नुभयो 'मैंले सुरक्षा सल्लाहकार डोवललाई भेटेर प्रधानमन्त्री कोइरालाको आसन्न दिल्ली भ्रमणको पुर्व तयारीबारे जानकारी गराएको छु, भ्रमणको औपचारिक र थप कार्यतालिका निर्धारण गर्नमा हामी जुटेका छौं ।' आगामी जुन ११ मा हुने दिक्षान्त समारोहमा बिशेष अतिथी बनेर जाने तयारी गरेका प्रधानमन्त्री कोइरालाकै चाहनामा यो अवसरलाई औपचारिक भारत भ्रमणको ढाँचामा बदल्न लागिएको दुतावासले जनाएको छ ।

दक्षिण एशियाली मुलुकका बिद्यार्थी अध्यनरत सो विश्वबिद्यालय सार्कको क्षेत्रीय साझा अवधारणामा पााच बर्षअघि स्थापना भएको हो । हाल सार्क संगठनमा अध्यक्ष राष्ट्रको हैसियतमा रहेको नेपालका प्रधानमन्त्री कोइरालालाई समारोहमा आमन्त्रण गरिएको हो । विश्वबिद्यालयका तर्फबाट बिद्यार्थीलाई दिइएको दिक्षान्त सूचनामा नेपालका प्रधानमन्त्री एवं सार्क संगठनका अध्यक्ष शुशिल कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिशेष आतिथ्य रहने जनाइएको छ । 

- See more at: http://radiokantipur.org/kantipur-diary/15176/%E2%80%8B%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80-%E0%A4%95%E0%A5%8B%E0%A4%87%E0%A4%B0%E0%A4%BE%E0%A4%B2%E0%A4%BE-%E0%A4%A6%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%80-%E0%A4%9C%E0%A4%BE%E0%A4%A6%E0%A5%88/#sthash.WRsH1TIg.dpuf

No comments:

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...