BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Saturday, February 16, 2013

के के हुन्छ, सात दिने गोरखा महोत्सवमा ।

http://www.gorkhalionline.com/news.php?cid=6757

के के हुन्छ, सात दिने गोरखा महोत्सवमा ।

 

हेलिकप्टरबाट पुष्पवृष्टिः आठौं गोरखा महोत्सवमा फिस्टेलय एयरको हेलिकप्टरबाट पुष्पवृष्टि गरिदै । तस्वीर राजेन्द्र न्यौपाने    २०६९ पुस ९ गते,

मंगलवार देखि सुरु हुने गोरखा महोत्सवमा पहिलो दिन बिहानै म्यान अफ द गोरखा दौड प्रतियोगिता हुनेछ । पहिलो दिनको उद्घाटन कार्यक्रम सँगै बिविध मनोरञ्जनात्मक गतिवीधि संचालन हुनेछ । बिहान ११ बजे बिभिन्न जातजातीको धार्मीक, साँस्कृतीक भेषभुसा सहितको र्‍याली र शोभा यात्रा गरिनेछ । सदरमुकाम र आसपासका गाविसका महिला समुह, क्लव, संघ संस्थाहरु र्‍यालीमा सहभागी हुनेछन् । महोत्सव अवधीका सात दिन धेरै रमाईलो र मनै लोभ्याउने साँस्कृतीक, कार्यक्रमहरु हुँदैछन् ।

गोरखा उद्योग वाणीज्य संघ, जिल्ला विकास समिति र गोरखा नगरपालिकालले संयुक्त रुपमा गर्न लागेको गोरखा महोत्सवको राष्ट्रिय, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको प्रर्दशनी, हस्तकला प्रर्दशनी, कृषि प्रर्दशनी, खाना महोत्सव, विविध मनोरञ्जनात्म कार्यक्रम एवं दोहोरी गीत, जिल्लाका माध्यमिक विद्यालय तथा उच्च माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगिता, हाँस्य व्यंग्य कार्यक्रम, गोरखा तारा कार्यक्रम, सांस्कृतिक भेषभुषा प्रर्दशनी, जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता, बाल मनोरञ्जन, लगाएतका थुप्रै मनोरञ्ज्नात्मक कार्यक्रम हुनेछन् ।

गोरखा जिल्ला भित्र लुकेर रहेका प्रतिभा उजार गराउन गोरखा तारा छनौट कार्यक्रम, जिल्लाको ऐतिहासीक धार्मीक पर्यटकीय स्थलको अवलोक हेलिकप्टरबाट गर्न पाईने असवर, बिभिन्न जातीगत भेसभुसा र संस्कृतीमा हाम्रा गाउँघरको परिस्थीति झल्कने परिवेश, गोरखालाई विश्वरभर चिनाउने गोरखनाथको प्रसाद वितरण, जनजातिहरुको खानपान र रहन सहन प्रर्दशनी, पश्चिमाञ्चल क्षेत्रका प्रमुख धार्मिक, पर्यटकिय, ऐतिहासिक क्षेत्रको फोटो तथा वृत्तचित्र प्रर्दशनी, मनोरञ्जनात्मक खेल लगाएतका कार्यक्रम पनि आयोजकले समेटेको छ । हाँस्य ब्यङ्ग्य देखाउन मेरि बास्ैसै, जिरेखुसार्नी,का कालाकारहरु गोरखा आउँदैछन् । सँगै लोक दोहरीक्षेत्रका चर्चित कलाकारहरुले पनि माहोत्सवको रौनक तताउने छन् ।



महोत्सवको अर्को पाटो हो । कृषिजन्य, घरेलु, उद्योग जडिबुटी, फलफूल तथा दुग्धजन्य पदार्थ आदिको प्रर्दशनी र बिक्री । उत्पादनका वस्तुहरुलाई सहज तरिकाबाट मुख्य बजारहरुमा पूर्‍याउने व्यवस्था मिलाउन, ऐतिहासिक धार्मिक महत्वका सम्पदाहरुलाई प्रचारप्रसार गर्दै अधिकतम पर्यटकहरु भित्र्याउन, मनोरम प्राकृतिक दृश्यहरुको अवलोकन गराई आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जिल्ला भित्र्याउन, जिल्लामा उत्पादन हुने सुन्तला, जडिबुटी, कृषि उत्पादनका क्रेताबिक्रेताहरु बिच छलफल गराई बजारीकरणमा सहयोग पूर्‍याउन, उद्योग व्यवसाय सुचारु रुपले संचालन गर्ने बातावरण बनाउन, जनस्तरको आर्थिक स्तर वृद्धि गर्न, छिमेकी जिल्लाहरुको समेत आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा टेवा पूर्‍याउन, घरेलु उत्पादनहरुको विक्रि वितरण गर्ने उद्देश्य पनि आयोजकको छ ।

mमहोत्सवको पुर्व सन्ध्यामा महोत्सव स्थल गोरखा सदरमुकामको हरमटारी स्थिीत खेलकुद मैदान थरिथरि ध्वजा पतकाले सिँगारिएका छन् । धम्पकै बलेको छ हरमटारी रङ्गशाला ।

खेलकुद मैदानमा रङ्गिचङी कपडाले बेरिएका स्टलहरु तयार भईसके । कसरीराम्रो सँग स्टलमा सामन राख्न सकिन्छ भनेर ब्यापारीहरु तल्लीन भएर लागीरहेका छन् । घरायसी प्रयोजनका, सामग्री, खानाका स्टलहरु देखि प्रर्दशनीका समेत स्टलहरु रहनेछन् । मैदानको छेउमा बाल उद्यान र मनोरञ्जनका सामग्रीहरु तयार भएका छन् । रोहटे पिङ, डुङ्गा पिङ, काला जादु, बालवालीकाहरुका लागी स सनान घोेडाँ, पिङहरु तयार भईसके । महोत्सव हुने ठाउँ सम्म जाने वाटो बारिएको छ । ध्वजा पतकाले महोत्सव स्थल र आसपास मात्र होईन, गोरखा सदरमुकामको बजार क्षेत्रका स्वरुप नै फेरिएको छ । रङ्गी बिरङी पतकाले बजार सजिएका छन् । मनै लोभ्याउने बनेको छ गोरखा बजार यतिवेला। टोलबासीहरुलाई घर छेउको सडक सफा गर्नमा फुर्सद छैन । गोरखाजिल्ला र अझै पनि सदरमुकाम बासीको ध्यान गोरखा महोत्सवले खिचेको छ ।

महोत्सव स्थलमा एक सय स्टल निर्माण गर्ने आयोजकले जानकारी दिएको छ । महोत्सव स्थलमा दर्शकहरुको सुविधाका लागि शौचालय, खानेपानी र सुचना केन्द्रको को प्रवन्ध पनि मिलाईएको छ । दर्शकहरु र महोत्सव स्थलको सुरक्षाका लागि सिसि क्यामेराको समेत व्यवस्था गरिएको छ । सिसी क्यामेराले महोत्सव स्थलको सम्पूर्ण गतीविधी कैद गरिन्छ । महोत्सव अवधीभर कुनै पनि उच्छुङ्खल गतीविध नहोस्। भन्नका लागी र त्यस्ता गतिवीधि गर्नेलाई कारवाही गर्न सिसी क्यामेराको ठुलो मद्धत पुग्नेछ । महोत्सव स्थलमा हुने सक्ने दुर्घटना लगायत विरामीहरुका लागि प्राथमिक उपचारको व्यवस्था समेत हुनेछ । आयोजकले हरेक दिन प्रवेश टिकटमा उपहारको व्यवस्था, उत्कृष्ठ स्टललाई पुरस्कार दिने पनि आायोजकले नीति बनाएको छ ।

Source : Hamro Gorkha / Narahari Sapkota

No comments:

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...